काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह भोलि भारतको गोरखपुर जाने भएका छन् ।
भारतमा रहँदा उनले गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने तयारी छ ।
भैरहवामा रहेका पूर्वराजा शाह बिहीबार भैरहवाबाट गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।
गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
गोरखनाथ मन्दिरमा पूर्वराजा शाहले खिचडी चढाउने प्रचलन रहेको छ । परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका छन् ।
प्रतिक्रिया