गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द


काठमाडौं – सात जना बिरामीमा कोरोना भाइरस पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

केन्द्रले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जानकारी दिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।