युएस–विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री र पराराष्ट्र राज्यमन्त्री नेपाल आउने

युएस–विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री र पराराष्ट्र राज्यमन्त्री नेपाल आउने


काठमाडौं– सोमबार भएको युएस–विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् ।

उनीहरु यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्त समेत आउने बताइएको छ । यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।