जाजरकोटलाई पाँच वर्षभित्र गौरव गर्न लायक जिल्ला बनाउने शक्ति बस्नेतको उद्घोष

जाजरकोटलाई पाँच वर्षभित्र गौरव गर्न लायक जिल्ला बनाउने शक्ति बस्नेतको उद्घोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटलाई शिक्षित, सभ्य र समृद्ध वनाई पश्चिम नेपालको गौरवको रुपमा चिनाउने अठोट व्यक्त गरेका छन्।

 

 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार रहेका बस्नेतले आफूले जिल्लाको समृद्धिको आधार चित्र कोरेको बताए।

 

 

अबको पाँच वर्षभित्रै अरु जिल्लाले गौरव गर्न लायक जाजरकोट बनाउने उनले उद्घोष गरे।

 

 

 

शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत विषयलाई तत्काल सम्बोधन गरि एक वर्षभित्रै प्रत्येक गाउँमा सडक सञ्जाल जोड्ने उनको भनाई छ।

 

 

पूर्वगृहमन्त्री बस्नेतले जाजरकोटको अर्छानिमा रहेको टुर्मालिन काइनाइट ढुंगा, बारेकोटमा रहेको फलाम र भुरचौरमा रहेको कोइला खानिलाई उत्खनन् गर्न विशेष योजना अगाडी बढाई सयौको रोजगारी सिर्जना गर्ने प्रतिवद्धता समेत जनाए।

 

 

 

अन्तराष्ट्रिय पुलको रुपमा रहेको भेरीकरिडोर राजमार्ग निर्माण गरि भारतको रुपैडिया देखि चिनको तिव्वतको (धो) सम्म जोड्ने कामलाई मुर्तरुप दिइने र त्यसबाट जिल्लाले उल्लेख्य फाइदा लिने उहनको तर्क छ।