पूर्वगृहमन्त्री बस्नेतले गरे जाजरकोटको पिपे मतदान केन्द्रबाट मतदान

पूर्वगृहमन्त्री बस्नेतले गरे जाजरकोटको पिपे मतदान केन्द्रबाट मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– माओवादी केन्द्रका नेता एवंम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट मतदान गरेका छन् ।  वाम गठवन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता वस्नेतले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

वस्नेतले आईतबार विहान ७ वजेर ३० मिनेटमा मतदान गरेको उनका सहयोगी मुक्ति वस्नेतले जानकारी दिए । 

 

 

त्यसैगरी पुर्व शान्तिमन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेतृ सत्या पहाडीले पनि पिपे मतदान केन्द्रबाटै मतदान गरेकी छन् । पहाडी पनि माओवादी केन्द्रको तर्फबाट प्रतिनिधीसभामा समानुपातिक तर्फको उम्मेदवार हुन ।