वनमन्त्री वस्नेतको सचिवालयले भन्यो –मन्त्रीमाथी आक्रमण भएको भन्ने समाचार झुठो हो 

वनमन्त्री वस्नेतको सचिवालयले भन्यो –मन्त्रीमाथी आक्रमण भएको भन्ने समाचार झुठो हो 


काठमाडौं – बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतमाथी पुर्व जनसेनाका सदस्यले आक्रमण गरेको भन्ने समाचारप्रती उनको सचिवालयले आपत्ती जनाएको छ । 

केही अनलाइन संचारमाध्यममा मन्त्री बस्नेतलाई घाईते पुर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेको भन्ने समाचार प्रकाशित भएपछि वस्नेतको सचिवालयले त्यसको खण्डन गरेको हो । 

वनमन्त्री वस्नेतका स्वकीय सचिव भिम बहादुर रोकायले वनमन्त्रीको चरित्र हत्या गर्ने गरि उक्त समाचार प्रकाशित भएको भन्दै  त्यस्तो कार्यमा संलग्न मिडिया र पत्रकारलाई कार्वाहीको माग गरेका छन् । 

रोकायाकाअनुसार वनमन्त्रीका वारेमा आएको उक्त समाचार कुनै सत्यता नभएको बरू मन्त्री बस्नेतको पहलमा घाईते जनसेनालाई सहयोग भएको छ । 

घाइतेहरूको समस्या हल गर्ने मन्त्रालयको क्षेत्राधिकार नभए पनि मन्त्रीको तर्फबाट र सचिवालय तर्फबाट आर्थिक खाद्यान्न लगायतका सहयोग गरिएको स्वकीय रोकायले बताए । 

वनमन्त्री वस्नेतमाथी आक्रमण भएको भन्दै केही अनलाइन संचारमाध्यमले भ्रम फैलाएको र उक्त भ्रममा नपर्न उनको सचिवालयको तर्फबाट शनिवार खण्डन आएको हो । वस्नेतका स्वकिय सचिवले उक्त समाचार कपोकल्पित र भ्रामक भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोजिने बताएका छन्