शक्ति वस्नेतले जाजरकोटमा ५ दशक लामो राजनीतिक इतिहास तोडे

शक्ति वस्नेतले जाजरकोटमा ५ दशक लामो राजनीतिक इतिहास तोडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दीपबहादुर घर्ती
जाजरकोट–  ४९ बर्षको संसदीय चुनावी यात्रामा कसैले पनि दोश्रो पटक चुनाव नजितेको जाजरकोटमा दोश्रो पटक चुनाव जित्ने पहिलो नेतामा शक्तिबहादुर बस्नेत परेका छन् । जाजरकोट निर्वाचन क्षेत्र नं. १ वाट २०७० मा दोश्रो संविधान सभा सदस्यमा निर्वाचित बस्नेत अहिले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएर जाजरकोटमा दुई पटक चुनाव जित्ने नेताको रेकर्ड कायम गरेका छन् ।

 

 

दोश्रो संविधान सभाको निर्वाचनमा शक्तिबहादुर बस्नेत नेकपा (माओवाली केन्द्र) का तर्फवाट जाजरकोट क्षेत्र नं. १ वाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए भने, नेपाली कांग्रेसका तर्फवाट राजीव विक्रम शाह जाजरकोट क्षेत्र नं. २ वाट संविधान सभा सदस्यमा निर्वा्चित भएका थिए । यसपटक यि दुवै नेता प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा आएपछि बस्नेतले चुनाव जितेर नयां रेकर्ड कायम गर्न सफल भएका हुन् ।

 

 

 

 

नेता शाहलाई ८ हजार ९ सय ९२ मतान्तरले पछि पार्दै बस्नेत विजयी भएका छन् । प्रतिनीधि सभा सदस्यमा निर्वाचित बस्नेतले जम्मा ३२ हजार २ सय ८१ मत प्राप्त गरेर विजयि हासिल गरेका छन भने, उनका निकटतम प्रतिद्धन्दी शाहले जम्मा २३ हजार २ सय ८९ मत प्राप्त गरेका थिए । ८३ हजार ९ सय ३७ मतदाता संख्या रहेको जाजरकोटमा ६० हजार ८ सय ९७ जनाले मतदान गरेका थिए ।

१० औ पटकको संसदिय निर्वाचनमा जाजरकोटवाट दोश्रो पटक चुनाव जित्ने नेताहरुमा बस्नेत एक्लो नेता भएका छन् । २०१५ सालमा भएको आम निर्वाचन देखि २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचन सम्म भएका ९ वटा आम निर्वाचनमा कसैले पनि दोहोर्याएर चुनाव जित्न नसकेको जाजरकोटमा बस्नेतले दोश्रो चुनाव जित्न सफल भएका छन् ।

 

 

विगत देखि हाल सम्मका चुनावहरु को–कसले जिते ?
२०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका स्वयमप्रकाश विक्रम शाहले जितेका थिए । २०१५ देखि १७ बर्षपछि २०३२ सालमा भएको राष्ट्रिय पञ्चायतसभाको निर्वाचनमा भक्तबहादुर कार्की विजयी भएका थिए ।

 

 

२०३८ सालमा भएको पञ्चायत सभाको निर्वाचनमा दीपबहादुर सिंहले जितेर वन सहायक मन्त्री पनि भएका थिए । २०४३ सालमा भएको पञ्चायत सभाको निर्वाचनमा तेजविक्रम शाहले जितेर आपुर्ति सहायक मन्त्री भएका थिए । २०४८ सालमा भएको आम निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटको क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका द्धारिका प्रसाद प्रधान र २ वाट नेकपा एमालेका कृष्णबहादुर शाहीले जितेका थिए ।

 

 

 

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ वाट नेपाली कांग्रेसका झलकनाथ वाग्ले र क्षेत्र नं. २ वाट दीपक जंग शाहले जितेका थिए । २०५६ सालको आम निर्वाचनमा क्षेत्र नं. १ वाट राप्रपाका गोविन्द विक्रम शाह र क्षेत्र नं. २ वाट नेकपा एमालेका रत्नप्रशाद न्यौपानेले जितेका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ वाट नेकपा (माओवादी) का कालीबहादुर मल्ल र क्षेत्र नं. २ वाट नेकपा (माओवादी) का भक्तबहादुर शाह विजयी भएका थिए । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ वाट नेकपा (माओवादी) का शक्तिबहादुर बस्नेत र क्षेत्र नं. २ मा नेपाली कांग्रेसका राजीव बिक्रम शाहले जितेका थिए ।

 

 

 

यस पटकको प्रतिनीधि सभा निर्वाचनमा शक्तिबहादुर बस्नेत विजयी भएका छन् भने, प्रदेश सभा (क) मा बामगठबन्धनका साँझा उम्मेदवार गणेश प्रशाद सिंह १६ हजार ९ सय ११ मत ल्याएर प्रतिनीधि सभा सदस्य पदमा विजयी भएका छन् । त्यसैगरी प्रदेश सभा (ख) मा बामगठबन्धनकै साँझा उम्मेदवार करवीर शाहीले १५ हजार १ सय ८५ मत ल्याएर विजयी भएका छन् ।

 

 

समृद्ध जिल्ला निर्माणको अभियानमा सहभागि बन्न नेता बस्नेतको :  अपिल
प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतले जाजरकोट जिल्ला समृद्धीको महान् अभियानमा सहभागि बन्न जिल्लाबासी सबैलाई अपिल गरेका छन् । हालै सम्पन्न निर्वाचनवाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित बस्नेतले जिल्लाबासीलाई यस्तो अपिल गरेका छन् ।

 

‘राजनैतिक क्रान्तिको एउटा चरण पुरा भएर अब मुलुक आर्थिक क्रान्तिको नयँंचरणमा प्रवेश गरेको’ नवनिर्वाचित प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बताएका छन् ।

 

 

 ‘क्रान्तिको उदेश्य ब्यबस्था परिवर्तन गर्ने मात्र नभएर क्रान्तिले जनताको अबस्थामा पनि परिवर्तन ल्याउनु पर्दछ ।’ पुर्व गृहमन्त्री समेत रहेका बस्नेतले भने–‘जाजरकोटी जनताले समाजको आमुल परिवर्तका लागि गरेको त्याग, समर्पण र राखेका अपेक्षाहरुलाई सधैभरी दिलदिमागमा सजाएर राखेको छु र त्यसैवाट निर्देशित भएर निरन्तर अगाडि बढ्नेछु ।’

 

 

बस्नेतले  जाजरकोटमा थुप्रै साधन, श्रोत र सम्भावनाहरु रहेको भन्दै जिल्लाको विकासमा आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । बस्नेतले भने–‘जिल्लासंगै सिङ्गो देशको विकास र समृद्धीमा योगदान गर्नसक्ने हामीसंग नेताहरुको टीम पनि छ, गरिवी, बेरोजगारी, रोग र भोक अब केवल जाजरकोटका ईतिहासका विषय मात्र हुनेछन ।’

 

स्वास्थ्य तथा गृहमन्त्री समेत बनिसकेका बस्नेतले आफ्नै खुट्टामा उभिएको उज्यालो र नविन भविश्यका लागि आफुले सुरु गरेका ठुला–साना सडकहरु, ठुला–मझौला जलविद्युत आयोजनाहरु आफुले पुरा गर्ने बाचा गरे ।

 

 

 

उनले कृषिको आधुनिकिकरण र ब्यबसायिककरण गर्ने विभिन्न परियोजनाहरु र पर्यटनका पुर्वाधार विकासका अतिरिक्त स्वास्थ्य र शिक्षा जस्ता आधारभुत सेवाहरुलाई गुणस्तरीय र जनताको पहुचमा ल्याउने अभियानलाई क्रमश सम्पन्न गर्दै जाने बताए ।

 

 

को हुन शक्ति बस्नेत ?
भेरी नगरपाली–१ कालेगाउ, जाजरकोटका मध्यम किसान परिवारमा जन्मिएका शक्तिबहादुर बस्नेतको जन्म २०२८ साल बैसाख १ गते भएको हो । शक्ति बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्र हुन् । जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानुदय क्याम्पसवाट शक्तिले बिए सम्मको पढाईलाई पुरा गरेका छन ।

२०४६ सालको जनआन्दोलनमा सहभागी भएका बस्नेत तत्कालिन रुपमा नेकपा एकताकेन्द्र (मशाल) मा आवद्ध भएका थिए । बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए । २०४८ सालमा तत्कालिन एकताकेन्द्र (मशाल) को राप्ती क्षेत्रिय समन्वय समिति सदस्य रहेका बस्नेत २०४९ सालमा पार्टीको जिल्ला सेक्रेटरी भएका थिए ।

 

 

२०५१ सालमा बस्नेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्य भएका थिए । बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को बैकल्पिक केन्द्रिय सदस्य भएका थिए ।

 

२०५७ साल देखि पार्टी केन्द्रिय सदस्य भएका बस्नेत २०५९ सालमा पार्टीको पोलिटव्यूरो सदस्य भएका थिए । २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सकेका बस्नेत २०७१ सालमा पार्टीको स्थायी कमिटी सदस्यमा निर्वाचित भएका थिए । बस्नेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदां उनि प्रमुख स्वकिय सचिव समेत भएका थिए ।

 

 

दाहालको विश्वापात्र भनेर चिनिने बस्नेत २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा जाजरकोट निर्वाचन क्षेत्र नं. १ वाट संविधान सभा सदस्यमा निर्वाचित बस्नेत २०७२ साल कार्तिक १ गते देशकै गृहमन्त्री भएका थिए भने, यतिवेला पुन  जाजरकोटवाट प्रतिनीधि सभा सदस्य पदमा जननिर्वाचित भएका छन् ।