प्रधानमन्त्रीले ‘विश्वासको मत प्राप्त गर्न सक्दिनँ’ भनेपछि राष्ट्रपतिले संसद विघटन गर्ने होइनः शम्भु थापा

प्रधानमन्त्रीले ‘विश्वासको मत प्राप्त गर्न सक्दिनँ’ भनेपछि राष्ट्रपतिले संसद विघटन गर्ने होइनः शम्भु थापा


काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नगई राष्ट्रपतिसमक्ष विश्वासको मत रहेको जानकारी गराएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाईका क्रममा अभिवक्ता थापाले प्रधानमन्त्री ओलीले पटक–पटक संसद विघटन गर्दै राष्ट्रपति समक्ष विश्वासको मत देखाएको बताएका हुन् ।

‘प्रधानमन्त्री ओलीले संसदमा नगई विश्वासको मत नलिई सिधै राष्टपतिलाई आफूसँग विश्वासको मत छ भने, किन ?’, उनले भने, ‘पहिलो कोभिडमा पहिलो विघटन, दोस्रो कोभिडमा दोस्रो विघटन गरिदिने ?’

अधिवक्ता थापाले विश्वासको मत ३० दिनभित्र लिनुपर्ने भन्दै विश्वासको मत लिन सक्दिनँ भनिसकेको व्यक्ति प्रधानमन्त्री रहन नसक्ने बताएका हुन् ।

‘जो प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिनँ भनिसकेपछि कसरी फेरि प्रधानमन्त्री ?’, उनले भने, ‘बहुमत सिद्द गर्ने आधार प्रस्तुत गरेमा रास्ट्रपतिले नियुक्ति गर्नुपर्छ । यस्तो बेलामा संसद विघटन गर्न पाइने होइन । संसदीय प्रजातन्त्र रहेन भने यो व्‍यवस्था रहदैन ।’