काठमाण्डु-एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह गरेका छन् ।
एमालेले आज काठमाडौंमा गर्न लागेको जागरण सभाको सन्दर्भमा फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले विभिन्न नौ वटा प्रश्न समेत राखेका छन् ।
जसमा एमालेले ‘सार्वजनिक जस’ लिन दाबी गर्दै आएका विभिन्न कामबारेका सवाल सोधिएका छन् ।
पहिलो प्रश्नमा उनले भनेका छन। ‘नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?’ त्यसपछि दोस्रोमा के नेकपा (एमाले) स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?, तेस्रोमा नेपालको विकास र समृद्धिका लागि मेगा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गÞलत हो ? भनेर प्रश्न गरेका छन् ।
यस्तै उनले चौथोमा नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गÞलत हो ?, पाँचौँमा नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू जडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?, छैटौँमा के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?, सातौँमा के नेपालले भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?, आठौँमा के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ? र नवौँमा के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ? भन्ने प्रश्न गरेका छन् ।
‘यदि यसो गर्नु गलत लाग्छ भने नेकपा एमालेको विरोध जायज हुन सक्छ,’ त्यसपछि पोखरेलले अगाडि लेखेका छन्, ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ ।’ विकल्प भए पनि ‘विकल्प देऊ’ भन्दै उनले अगाडि भनेका छन् ।
‘अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रूपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं,’ पोखरेलले लेखेका छन् ।
प्रतिक्रिया