शंकर पोखरेल संसदीय दलको नेता नियुक्त, मुख्यमन्त्री बन्ने ‘निश्चित’

शंकर पोखरेल संसदीय दलको नेता नियुक्त, मुख्यमन्त्री बन्ने ‘निश्चित’


बुटवल– वाम गठबन्धनको बहुमत रहेको प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

 

 

एमालेले प्रदेश सभामा निर्वाचित पोखरेललाई आइतबार प्रदेश ५ को संसदीय दलका नेता नियुक्त गरेपछि उनी मुख्यमन्त्री बन्ने निश्चित बनेको हो।

 

मुख्यमन्त्री बन्न प्रदेशस्तरीय संसदीय दलको नेता रहनुपर्ने संवैधानिक व्यवस्था छ।

 

आइतबार मात्र सातवटै प्रदेशका सांसदले शथपग्रहण गरेका थिए।

शपथग्रहण लगत्त एमाले प्रदेश नम्बर ५ को कार्यालयमा आयोजित कार्यक्रममा पोखरेललाई संसदीय दलको नेतामा नियुक्त गरेको घोषणा गरिएको हो।

 

नवलपरासीका सभासद वैथनाथ चौथरीले पोखरेलको नाम प्रस्ताव गरेका थिए। पोखरेलको समर्थनमा रुपन्देहीका सभासद लीला गिरीले रहेका थिए।

 

एमालेले प्रमुख सचेतका रुपमा रुपन्देहीका सभासद भुमिश्वर ढकाललाई नियुक्त गरेको छ।

 

 

प्रदेश ५ को गणित
प्रदेश ५ मा ८७ सिट रहेका छन्। प्रत्यक्ष र समानुपातिक गरी एमालेले ४१ सिट जितेको छ।

 

वाम गठबन्धनकै माओवादी केन्द्रले २० सिट जितेको छ। प्रत्यक्ष तर्फका ५२ सिटमा एमाले २८, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ७ र संघीय समाजवादी फोरमले ३ सिट जितेका छन्।

 

समानुपातिकका ३५ मध्ये एमालेको १३ र कांग्रेसको १२ सिट छन्।

 

माओवादी केन्द्रले ६, फोरमले २ तथा राजपा र जनमोर्चाले १–१ सिट जितेका छन्।