मुस्ताङ्गको हिउँमा शान्ता चौधरी फुरुङ्ग !

मुस्ताङ्गको हिउँमा शान्ता चौधरी फुरुङ्ग !


मुस्ताङ्ग – दाङका प्रतिनिधि सभा सांसद शान्ता चौधरीले हिमाली जिल्ला मुस्ताङ्गको हिउँमा रमाउँदै गरेकाे तस्बीर सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत एउटा कविता लेखेर फोटोहरु सेयर गरेकी छन् ।

रुमानी ती सपनाहरू त्यहीँ गएर देखें
तिमीसँग साईनो गाँस्दै एउटा टुक्रा लेखें
कति सुन्दर मनमोहक प्रकृतिका रङ्ग
नतमस्तक बनिरहें परिकन दंग ।।
काली नदि सुसाई रहिन निलगिरी हाँसिरह्यो
लाग्न थाल्यो प्रकृति नि छमछमी नाँचिरह्यो ।।।