शान्ति प्रक्रिया र संविधान निर्माणमा तुलाधरको योगदान अतुलनीय : अध्यक्ष प्रचण्ड

शान्ति प्रक्रिया र संविधान निर्माणमा तुलाधरको योगदान अतुलनीय : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताएका छन् ।

आइतबार दिउँसो तुलाधरलाई श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका अध्यक्ष प्रचण्डले तुलाधरको निधनले आफू अत्यन्तै मर्माहत भएको बताए। अध्यक्ष प्रचण्डले तुलाधर नागरिक अगुवाका साथै राजनीतिक र सांस्कृति आन्दोलनको समेत अगुवा भएको दावी गरे।

अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र सरकारबीच वार्ता गराउनदेखि लिएर समग्र शान्ति प्रक्रियामा तुलाधरको योगदान अतुलनीय रहेको बताए। ‘पञ्चायतविरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ’ अध्यक्ष प्रचण्डले भने।
उनले तुलाधरप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गरेका छन्।

आइतबार दिउँसो उपचारकै क्रममा निधन भएका तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाका वरिष्ठ नेता मधवकुमार नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नयाँ शक्ति पाटीृका संयोजक डा। बाबुराम भट्टराई नेतृ हिसिलायमि लगायतका व्यक्तित्व नर्भिक अस्पताल गेको थिए। तुलाधरलाई अहिले अस्पतालबाट घर लगिएको छ भने उनको भोलि शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।