काठमाडौं– नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ । आवुधावीमा चलिरहेको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले ६ विकेट गुमाउदै २२२ रन लक्ष्य दिएको छ ।
५० ओभरको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको तर्फबाट शरद भेसवाकरले सबैभन्दा बढी ८१ रन बनाए ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ५३ रन बनाएका थिए । कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।
युएईका लागि जाहुर खानले २ विकेट, रोशन मुस्ताफा, अहमद राजा र मोहम्मद नाभिदले १÷१ विकेट लिएका थिए ।
प्रतिक्रिया