काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । लोसपाले भण्डारीलाई श्रममन्त्री बनाएर पठाउने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठन गर्दा कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने तयारी गरेका छन् ।
उनी गत फागुनसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रममन्त्री थिए । दाहालले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटेका थिए ।
लोसपाका प्रतिनिधि सभामा चार सांसद छन् ।
प्रतिक्रिया