काठमाण्डु – शेयर बजार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ ।
सोमबार बजार २४.३९ अंकले बढेर १ हजार ९९८ विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ ।
सोमबार सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । सोमबार कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सीईडीबी हाइड्रोपावरको २८ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
बजारमा कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख २२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ६ करोड ८५ लाख ४९ हजार रुपैयाँ र कुमारी बैंकको ६ करोड ५६ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया