नेप्से परिसूचक ५.५८ अंकले घट्यो

नेप्से परिसूचक ५.५८ अंकले घट्यो


काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक ५.५८ अंकले घटेको छ ।

बुधबार घटेको नेप्से २ हजार ७९.७१ विन्दुमा झरेको छ । बुधबार सेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।

बुधबार ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिद–बिक्री भएका छन् ।

बुधबार भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै शेयर सकारात्मक सर्किट लाग्यो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र माई खोला हाइड्रोपावरको शेयर ९ प्रतिशत बढिले बढ्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ भने १९ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १८ करोड, सानिमा माई हाइड्रोपावरको १६ करोड, पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ ।