नेप्से परिसूचक १८.७६ अंकले घट्यो

नेप्से परिसूचक १८.७६ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक १८.७६ अंकले घटेको छ ।

मंगलबार घटेको शेयर बजारसँगै नेप्से २ हजार ७६ अंकमा झरेको छ । शेयर बजारमा मंगलबार कूल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचकबाहेक सबै क्षेत्रगत सूचकहरू घटेका छन् । बैंकिङ १३, विकास बैंक ३६, फाइनान्स २३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर २२, जीवन बीमा १००, उत्पादन ३४, माइक्रो फाइनान्स २९, निर्जीवन बीमा ८८, अन्य १२ र व्यापार समूह १८ अंकले घटेका छन् । कूल ४० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा वरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई लघुवित्त र माण्डु हाइड्रोपावर अगाडि रहेका छन् ।