नेप्से परिसूचक ५.३७ अंकले घट्यो

नेप्से परिसूचक ५.३७ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आईतबार ५.३७ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आईतबार ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २ हजार ६२.९४ अंकमा झरेको छ ।

आईतबार ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८.६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर बजारमा रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १०–१० प्रतिशतले नाफा कमाउँदा नेपाल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन् ।

ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी ६.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।