कांग्रेस-एमाले मिलेपछि नेप्सेमा दुई पटक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

कांग्रेस-एमाले मिलेपछि नेप्सेमा दुई पटक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द


काठमाण्डु- सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मङ्गलवार पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि सेयरको खरिदबिक्री बन्द भएको हो ।

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२।४८ अङ्कले २१३५।८७ को बिन्दुमा पुगेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा पुगेको छ । नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि इकोनोमिकगृहपृष्ठ नेप्सेमा दुई पटक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द
नेप्सेमा दुई पटक सर्किट लागेको हो ।