नेप्से परिसूचक ५.२९ अंकले घट्यो

नेप्से परिसूचक ५.२९ अंकले घट्यो


काठमाण्डु – शेयर बजार परिसूचक (नेप्से) बिहीबार ५.२९ अंकले घटेको छ ।

नेपाल स्टक एक्सजेन्जका अनुसार बिहीबार ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीबार नेप्से घटे पनि ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसहितका ५ कम्पनीको शेयर १० प्रतिशतले बढेको जनाइएको छ ।

बिहीबार सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार हुँदा ७ वटा उपसूचक राताम्मे भए भने ६ वटा उपसूचक धनात्मक बनेका छन् ।