काठमाण्डु–मंगलबार पनि सेयर बजार उकालो लागेको छ ।
आज नेप्से परिसूचक ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ ।
३० लाख ५९ हजार पटक सेयर किनबेच हुदा आज १३ अर्ब ५७ करोडको कारोबार भयो ।
कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।
आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे ।
बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे ।
प्रतिक्रिया