काठमाण्डु– आइतबार पुन: सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।अघिल्लो हप्ता बिहीबार एक दिन बढेको सेयर यो साताको पहिलो दिनमै ओरालो लागेको हो।
आज सेयर ५०.७३ अंकले घटेको छ । १.८८ प्रतिशतले घटेको नेप्से परिसुचक २६३७ अंकमा झरेको छ ।२ करोड ४८ लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब ३३ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये २१९ कम्पनि घटेका छन्, २४ कम्पनि बढेका छन् भने एक कम्पनि स्थिर रहेको छ ।आज ३ कम्पनिको सकारात्मक सर्किट लागेको छ ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटे ।
बजार घट्दा पनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी तथा इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो भने ग्रीनलाइफ हाइड्रोपावरको ९.४, सीईडीबी हाइड्रोपावरको ९.१५, इमर्जिङ नेपालको ७.१२ र नेपाल वेयरहाउजिङको ७.१० प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर तथा सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया