११ अंकले सेयर बढ्दा झण्डै ६ अर्बको कारोबार

११ अंकले सेयर बढ्दा झण्डै ६ अर्बको कारोबार


काठमाण्डु– आइतबार हेयर बजार ११.५८ अंकले बढेको छ ।०.४४ प्रतिशतले बढेर सेयर परिसुचक २५८८ कायम भएको छ ।

आज १ करोड २४ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ९२ करोडको कारोबार भएको छ ।कारोबारमा आएका १३८ कम्पनि बढेका छन् भने ९४ कम्पनि घटेका छन् । १२ कम्पनि भने स्थिर रहेका छन् ।

आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.६५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ ।