काठमाण्डु– हिजो बढेको सेयर बजारको उकालो यात्रामा आज ब्रेक लागेको छ ।
आज नेप्से २६ अङ्कको घटेको हो । नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको छ।
आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच भएको छ भने ६ अर्ब ७७ करोड ८१ लाखको कारोबार भएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ ।
त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया