५६ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

५६ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार


काठमाण्डु– आइतबार सेयर बजार उकालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६.०९ अंकले उकालो लागेर २६५३.५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७५ अंकले उकालो लागेर ४७६.४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।

आजको कारोबारमा कूल १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९.७६, इस्टर्न हाइड्रोपावर ९.६८,गुडबिल फाइनान्स ९.२७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.१४ प्रशितले बढेका छन् ।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९.४३, एनआइसी एशिया सेलेक्ट फण्ड ६.७०, स्वरोजगार लघुवित्त ५.४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४.४१ प्रतिशले गुमाएका छन् ।