काठमाण्डु– सोमबार पनि सेयर बजारले उकालो यात्रा कायम राखेको छ ।आज नेप्से ३७.१३ अंकले बढेको छ । १.३९ प्रतिशतले बढेको परिसुचक २६९० अंकमा पुगेर रोकियो ।
आज १७६ कम्पनिको सेयर मूल्य बढ्यो भने ६६ वटा कम्पनि ओरालो लाग्दा २ कम्पनिक स्थिर रह्यो ।यस दिन १ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ करोडको कारोबार भयो ।
यस दिन फाइनान्स सेक्टर ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे ।
बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे ।
थ्रीस्टार हाइड्रोपावरको ९.९, दोल्ती पावरको ९.६, जोशी हाइड्रोको ८.४, पिपुल्स हाइड्रोपावरको ७.५ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया