काठमाण्डु– २ दिनको करेक्सन पछि साताको कारोबारको अन्तिम दिन बिहीबार भने सेयर बजार उकालो लागेको छ।
आज बजार १३.९५ अंकले बढेर नेप्से परिसुचक २७४८ अंकमा पुगेर रोकियो ।
आज २ करोड १६ लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १५९ कम्पनिको सेयर बढ्दा ७९ कम्पनिको मूल्य ओरालो लागेको छ भने ६ कम्पनि स्थिर रहेका छन् ।
कारोबारका आधारमा जानकी फाइनान्स कम्पनिले सर्वाधिक कारोबार गर्यो । उक्त कम्पनिले आज ३२ करोडको कारोबार गरेको छ ।
स्वाभिमान लघुबित्त र उप्पर हेवाखोला हाइड्रोपावर र गुँरास लघुबित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने न्याग्दी ग्रुप, माछापुछ्रे बैकले क्रमसः ९.७९, ९.५६ प्रतिशतले बढे ।
बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया