काठमाण्डु–बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.७० अंकले बढेर परिसुचक २७५६ मा कायम भएको छ ।
आज १ करोड ७१ कित्ता सेयर किनबेच हुदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका २०० कम्पनीको सेयर बढेको छ भने ३८ कम्पनीको सेयर घटेको छ । यस्तै ६ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्टक्चरले सर्वाधिक ३४ करोडको कारोबार गर्यो भने जानकी फाइनान्स,पीपुल्स हाइड्रो, सप्तकोसी डेप्लजमेन्ट बैक अगाडि रहे ।
आज ७ कम्पनीको सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली डेव्लप्मेन्ट बैंक, कर्पोरेड डेव्लप्मेन्ट बैंक, सिन्धु बिकास बैंक, सर्पोट माइक्रोफाइनान्स र मानुशी लघुबित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
समूहगत रुपमा भने आज वित्त समूहबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक भने आज ०.४७ प्रतिशतले घटेको छ। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लाग्न पुग्यो।
प्रतिक्रिया