२० अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

२० अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार


काठमाण्डु–सोमबार सेयर बजार उकालो लागेको छ । यस दिन नेप्से २० अंकले बढेर परिसुचक २७५८ अंकमा कायम भएको छ । यस दिन २ करोड ३० लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब ५४ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १२६ कम्पनीको सेयर मूल्य बढ्यो भने ११२ कम्पनीको मूल्य घट्यो । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबारका आधारमा नेपाल फाइनान्सले सर्वाधिक ५९ करोडको कारोबार गर्यो भने न्याङ्दी ग्रुप, जानकी फाइनन्स सबै भनदा धेरै कमाउनेमा अगाडि रहे ।

यस्तै आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तारागाँउ रेजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।