१४२ कम्पनीको सेयर बढ्दा ८ अर्बको कारोबार

१४२ कम्पनीको सेयर बढ्दा ८ अर्बको कारोबार


काठमाण्डु– बुधबार पनि सेयर बजार उकालो लागेको छ । बुधबार नेप्से १७.८० अंकले बढेर परिसुचक २७७५ अंकमा कायम भएको छ ।

यसदिन १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुदा ८ अर्ब ५२ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १४२ कम्पनीको सेयर बढेको छ भने ९७ वटा कम्पनीको सेयर घटेको छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज कारोबारका आधारमा ङादी ग्रुपले सर्वाधिक २६ करोडको कारोबार भयो । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो भने, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्यो ।

फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे ।