२५ सयमा झर्‍यो सेयर बजार, ६ कम्पनीकाे मूल्यमा ‘नकारात्मक सर्किट’

२५ सयमा झर्‍यो सेयर बजार, ६ कम्पनीकाे मूल्यमा ‘नकारात्मक सर्किट’


काठमाण्डु– मंगलबार सेयर बजारमा उच्च अंकको पहिरो गएको छ । यसदिन नेप्से ३३ अंकले घटेर परिसुचक २५७६ अंकमा कायम भएको छ ।

आज १ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोडको कारोबार भयो ।

कारोबारमा आएका २१३ कम्पनी ओरालो लागेका छन् भने २८ कम्पनीको मात्र सेयर बढेको छ । कारोबारका आधारमा आज प्रभु बैंकको सर्वाधिक ३५ करोडको कारोबार भयो ।

आज सर्पोट माइक्रो फाइनान्स, जानकी फाइनान्स, र पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घट्यो भने, नारायणी डेव्लपमेन्ट, गुह्येश्वरी मचेन्ट, बोट्लेर्स नेपालको सेयर क्रमसः ९.९९,९.३४,९.९.२५ अंकले घटे ।

 वित्त समूह ५.१९ प्रतिशतले घट्दा, विकास बैंक समूह २.७७ प्रतिशत र व्यापार समूह .९७ प्रतिशतले घटेको छ । बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी  ०.८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १‍.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।