काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेर रोकिएको छ ।
यस दिन नेप्से ४.६३ अंकले बढेर परिसुचक २५८६ बिन्दुमा पुगेको छ ।
आज १ करोड कित्ता सेयर किनबेच हुदा ४ अर्ब ६० करोडको कारोबार भयो ।
कारोबारमा आएका १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको स्थिर रह्यो ।
कारोबारका आधारमा आज प्रभु महालक्ष्मी लाइफ इन्सोरेन्सको सर्वाधिक ४६ करोडको कारोबार भयो ।
आज न्यादी हाइड्रोको सेयर १० प्रतिशतले बढ्दा अन्य ६ कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । सामुदायिक लघुबित्त, सप्तकोसी डेव्लपमेन्ट, सिन्दु विकास बैंक, सुपर माइ हाइड्रो, ग्रिन डेव्लपमेन्ट र कर्पोरेट डेव्लपमेन्टको मूल्य ९ प्रतिशतले बढे ।
प्रतिक्रिया