काठमाण्डु– साताको पहिलो कारोबारको दिन सेयरबजार उकालो लागेको छ । नेप्से ५.३२ अंकले बढ्दा परिसुचक २५९१.५६ विन्दुमा पुगेको हो।
आइतबार ९३ लाख ८६ हजार कित्ता सेयर बिक्री हुदा ४ अर्ब ८६ करोडको कारोबार भएको छ।
कारोबारमा आएका १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा घटेका छन् भने ८ वटाको मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत् र ग्रिन भेन्चर लिमिटेडको सेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै डोल्टी पावरको ९.४४ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा आज सर्वाधिक जानकी फाइनान्सले १९ करोडको कारोबार गर्यो । रिभर फल्स पावरको १७ करोड, रसुवागढी हाइड्रोको १२ करोडको कारोबार भएको छ।
प्रतिक्रिया