बढेर २६४० बिन्दुमा पुग्यो सेयर, २ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

बढेर २६४० बिन्दुमा पुग्यो सेयर, २ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट


काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४९ अंकले बढेर परिसुचक २६४० बिन्दुमा कायम भएको छ ।

यस दिन १ करोड ५४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको कारोबार भयो । कारोबारमा आएका २२६ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको सेयर घटेको छ भने ४ कम्पनीको सेयर स्थिर रहेको छ ।

यसदिन कारोबारका आधारमा एनआरएन इन्फ्राइन्टक्चरले सर्वाधिक २९ करोडको कारोबार गर्यो ।

यसदिन सबै उपसुचक बढेका छन् । यसदिन बैंकिङ १.९ विकासबैंक २.४६ फाइनान्स १.१९ होटल एण्ड पर्यटन २.९९ हाइड्रोपावर ३.५५ लगानी ३.३२ इन्स्युरेन्स २.२९ निमार्ण १.८९ माइक्रो फाइनान्स ०.७५ म्युचल फण्ड ०.६५ निर्जीवन बीमा १.०४ र अन्य सुचक १.७६ प्रतिशतले बढे ।

आज साहस उर्जाको सेयर १० प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो भने उपकार लघुबित्त र सामूदायीक लघुबित्तको १० प्रतिशतले घट्यो ।