सेयर बजारमा ५ अर्बको कारोबार हुँदा ४ कम्पनीकाे मूल्यमा ‘सर्किट’

सेयर बजारमा ५ अर्बको कारोबार हुँदा ४ कम्पनीकाे मूल्यमा ‘सर्किट’


काठमाण्डु–मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से ६.१६ अंकले बढेर परिसुचक २६८६ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको कारोबार भयो ।

कारोबारमा आएका १२६ कम्पनीको सेयर बढ्दा १०७ कम्पनीको सेयर घटेको छ भने १० कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कारोबारका आधारमा सिन्दु विकास बैंकले सर्वाधिक १६ करोडको कारोबार गर्यो ।

आज सप्तकोसी डेव्लपमेन्ट र न्यादी हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो भने आत्मनिर्भर लघुबित्त र डोल्टी हाइड्रोको सेयर १० प्रतिशतले घट्यो ।

विकासबैंक, फाइनान्स, हाइड्रोपावर, इन्स्युरेन्स, निमार्ण, माइक्रो फाइनान्स,म्युचल फण्ड सुचक बढेका छन् भने बैंकिङ, होटल एण्ड पर्यटन, निर्जीवन बीमा, र अन्य सुचक घटेका छन् ।