काठमाण्डु– बुधबार सेयर बजारमा उछाल आएको छ । हिजो ५६ अंकले घटेको सेयर बजार यसदिन ४० अंकले बढेर परिसुचक ६२२३ बिन्दुमा पुगेको छ ।
आज ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको कारोबार भयो ।
यसदिन २३१ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको मूल्य घटेको छ ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स अगाडि रहे । यसदिन उपकार लघुबित्तको सेयर मूल्य ७.२७ प्रतिशतले घट्यो भने बढ्नेमा राप्ती हाइड्रो, बुद्धभूमी हाइड्रो, आरबीबी म्युचल फण्ड लगायत रहे ।
अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।
बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढे ।
प्रतिक्रिया