३२ अंकले बढ्यो सेयर बजार, कारोबार रकमपनि बढ्यो

३२ अंकले बढ्यो सेयर बजार, कारोबार रकमपनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारले उकालो यात्रा कायम राखेको छ ।

यसदिन नेप्से ३२ अंकले बढ्दा परिसुचक २६९५ विन्दुृमा पुगेर रोकिएको छ ।

यसदिन १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोडको कारोबार भयो । गत बिहीबार ५ अर्ब २२ करोडको कारोबार भएको थियो

कारोबारमा आएका २२२ कम्पनीको सेयर बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय रि, नेपाल रि इन्सुरेन्स र एनआएन इन्फ्राइस्टक्चरले सर्वाधिक कमाए । यी कम्पनीको कमाइ क्रमसः ६९, ४७ र ३९ करोड रहेको छ ।

यसदिन जोशी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो भने प्रभु स्मार्ट फण्डको मूल्य ५ प्रतिशतले घट्यो ।

यसदिन म्युचल फण्ड (०.०९ प्रतिशत) बाहेक सबै सुचक बढे ।