३ अंकले घट्याे सेयर बजार, ५ अर्बको कारोबार

३ अंकले घट्याे सेयर बजार, ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार सेयर बजार झिनो अंकले घटेकाे छ । यस दिन नेप्से ३ अंकले घटेर परिसु्चक २६६६ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोडको कारोबार भयो ।

आज कुल १२१ कम्पनीको मूल्य बढ्दा १२३ कम्पनीको घट्यो ।

कारोबारका आधारमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर,हिमालयन रिइन्स्योरेन्स अगाडी रहे ।

आज बोटलर्स नेपाल, ह्विन नेपाल लघुबित्त र नेपाल माइक्रो इन्सुरेन्सको सेयर १० प्रतिशतले बढेको छ भने बाराही हाइड्रो र सिन्धु बिकास बैंकको मूल्य ६ प्रतिशतले घटेको छ ।