२७२५ बिन्दुमा पुग्यो सेयर बजार, पौने ११ अर्बको कारोबार

२७२५ बिन्दुमा पुग्यो सेयर बजार, पौने ११ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९ अंकले उकालो लागेको छ । आज परिसूचक २७२५ को विन्दुमा कायम भएको छ ।

यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो भने बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो ।

बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।