काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १६.६८ अंकले घटेर परिसूचक २७०६ विन्दुमा कायम भएको छ ।
आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।
यसदिन राधि विद्युत्, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावरले सर्वाधिक कारोबार गरे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्याे ।
बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटे ।
यस्तै व्यापार १.०२ र उत्पादन ०.५२ प्रतिशत बढे ।
प्रतिक्रिया