२७ सयबाट ओरालो लाग्यो सेयर बजार

२७ सयबाट ओरालो लाग्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७ अङ्कले घटेर २६९८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३१९ कम्पनीका २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर ७८ हजार ६७८ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ बराबरको कारोबार भएको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य ७.९० प्रतिशत छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५३ करोड ९९ लाख १८ हजारको कारोबार भएको छ ।

आज व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे ।

विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढे ।