काठमाण्डु– सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
यसदिन नेप्से १४.५३ अंकले घटेर परिसुचक २६४७ बिन्दुमा पुगेर रोकियो । आज २ करोड ३६ लाख कित्ता सेयर किनवेच हुदा ८ अर्ब ९१ करोडको कारोबार भयो ।
कारोबारमा आएका १६७ कम्पनीको सेयर घट्यो भने ७८ कम्पनीको सेयर बढ्यो ।
कारोबारका आधारमा यसदिन ङादी ग्रुप, राढी विद्युत, यूनिभर्सल पावर कम्पनी अगाडि रहे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने सप्तकोसी डेव्लपमेन्टको सेयर ९ प्रतिशतले घट्यो ।
यसदिन फाइनान्स १.५९, होटल तथा पर्यटन ०.०८, निर्जीवन बीमा ०.०३ र व्यापार समूह ०.४१ प्रतिशत बढे भने
बैंकिङ ०.४८, विकास बैंक ०.७५, जीवन बीमा ०.११ लगानी २.१५, माइक्रो फाइनान्स ०.६०, म्युचल फण्ड ०.४१ ,तथा अन्य समूह ०.३१ प्रतिशत घटे ।
प्रतिक्रिया