काठमाण्डु – बुधबार सेयर बजार मापक परिसूचक नेप्से ३१ अंकले घटेको छ । लामो अन्तरालपछि मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकले घटेको हो ।
सूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज कारोबार रकम समेत ८४ करोड ३७ लाख मा खुम्चिन पुगेको छ । १३ वटै उपसूचक ऋणात्मक भएपछि आज पनि बजार नै राताम्मे भएको छ ।
आज डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैंकिङ समूह १.२१ प्रतिशतले घटेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एण्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशतले, होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधिखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् ।
युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयर धनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया