काठमाण्डु- साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ ।
सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो संगै सुचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।
यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
आज नेप्सेमा कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ । यसैगरी, नेप्से सुचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ ।
प्रतिक्रिया