नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो


काठमाण्डु – शेयर कारोबार नेप्से परिसूचक आज मंगलबार १७.५६ अंकले घटेको छ ।

आज नेप्से ०.८८ प्रतिशतले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

गत कारोबार दिन १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको शेयर कारोबार भएकोमा आज कारोबार रकम घटेर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा सीमित भएको छ ।

मंगलबार २८१ वटा धितोपत्रको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच भएको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढेको छ ।

कम्पनीको शेयर मूल्य ६९६ रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोको शेयर मूल्य ७.८१ प्रतिशतले घटेर २२६ रुपैयाँ ४० पैसा पुगेको छ ।

शेयर मूल्य सर्वाधिक घट्नेमा सामुदायिक लघुवित्त रहेको छ । कम्पनीको शेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७७९ रुपैयाँमा झरेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ईकाइ मूल्य ७.०८ प्रतिशतले घटेर प्रतिइकाइ मूल्य ८ रुपैयाँ १ पैसामा सीमित भएको छ ।