शेयर बजार ४३.२७ अंकले बढ्यो

शेयर बजार ४३.२७ अंकले बढ्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक ४३ दशमलव २७ अंकले बढेर १ हजार ९०७ दशमलव ८९ को बिन्दुमा पुगेको छ ।

आज बुधबार २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार ठ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम ९३ करोड ४८ लाख ९४ हजार २१८ रहेको छ । आज २१० कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मूल्य मात्रै घटेको छ ।

शेयर बजारमा आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ दशमलव ८७ र विकास बैंक समूहको उपसूचक २ दशमलव ७४ प्रतिशतले बढेको छ ।