काठमाण्डु – नेप्से परिसूचक आज सोमबार ३.४२ अंकले घटेको छ ।
नेप्से ०.१८ प्रतिशतले घटेर १ हजार ८४७.८१ बिन्दुमा बन्द भएको छ ।
सोमबार कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । गत कारोबार दिन आईतबार ९६ करोड ४० लाख १० हजार ४३१ रूपैयाँको शेयर कारोबार भएकोमा सोमबार रकम बढेर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ पुगेको छ ।
सोमबार २९२ वटा धितोपत्रको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको छ । सोमबार समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १२२ रूपैयाँ पुगेको छ ।
सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
सोमबार जीवन बीमा समूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया