काठमाण्डु- सयेर बजारमा आइतवार तेस्रो सर्किट लागको छ । नेप्सेमा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो । कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
त्यसपछि खुलेको केही समयमा नेप्से ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रतिक्रिया