शेयर बजार १७.२३ अंकले घट्यो

शेयर बजार १७.२३ अंकले घट्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज बुधवार दोहोरो अंकले घटेको छ ।

नेप्से आज १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।

बुधबार म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बुधबार ७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बुधबार १ करोड ४३ लाख ३७ हजार कित्ता शेयर ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको जनाइएको छ ।