सेयर बजारमा २२४ कम्पनी राताम्मे, १० अर्बको कारोबार

सेयर बजारमा २२४ कम्पनी राताम्मे, १० अर्बको कारोबार


काठमाण्डु– मंगलबार सेयर बजारमा ५१ अंकको पहिरो गएको छ । यसदिन ५१.११ अंकले नेप्से ओरालो लाग्दा परिसुचक २७०२ अंकमा कायम भएको छ ।

आज कारोबारमा आएका २२४ कम्पनी राताम्मे भएका छन् भने २० कम्पनीको सेयर बढेको छ यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज २ करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोडको कारोबार भएको छ ।

कारोबारका आधारमा न्ङादी ग्रुपको सर्वाधिक ४६ करोडको कारोबार भएको छ । यसदिन आत्मनिर्भर लघुबित्त बित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो ।

आज उत्पादन १.४८, अन्य १.५८, विकास बैंक २.२९, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७ तथा माइक्रोफाइनान्स समूह १.५३ प्रतिशत घटे । त्यस्तै बैंकिङ १.११, निर्जीवन बीमा १.६९, जीवन बीमा १.९४ तथा फाइनान्स समूह २.३१ प्रतिशत घटे ।

समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो ।